प्रचण्डलाई भेट्न गृहमन्त्री र कानुनमन्त्री खुमलटार पुगेपछि…

गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सोमबार बिहान गृहमन्त्री र कानुनमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न दाहाल निवास खुमलटार पुगेका थिए ।

भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । त्यस्तै भेटमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणले जानकारी दिए ।



यस्तै भेटमा प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे पनि उनीहरुबीच कुराकानी भएको छ। त्यस्तै भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको छ ।

सम्बन्धित समाचार