प्रतिनिधिसभा बैठकको समय सर्यो (सूचनासहित)

प्रतिनिधिसभा बैठकको समय दुई घण्टा पर सरेको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले एक सूचना जारी गर्दै जनाएको हो ।

संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने बस्ने जनाएको छ । सङ्घीय संसद्का सचिव गोपालनाथ योगीले बैठक आज दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले बैठक भदौ २९ गतेका १ बजेको लागि निर्धारण गरेको सूचनामा उल्लेख छ ।



बैठकको समय विशेष कारणवश स्थगित गरिएको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यसअघि गत शनिबार बस्ने भनेको बैठक आजको लागि सारिएको थियो ।

सूचना

सूचना

 

सम्बन्धित समाचार