नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार) दिउँसो १ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले एक सूचना जारी गर्दै जनाएको थियो ।
त्यस्तै बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसअघि गत शनिबार बस्ने भनेको बैठक आजको लागि सारिएको थियो ।
भिडियो –
भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल