नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(शुक्रबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।
आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७-०७८’ बैठकमा पेस गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ ।
भिडियो –
भिडियो साभार -House of Representatives Nepal प्रतिनिधि सभा नेपाल