आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ७४० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ५७४ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र २ हजार १६६ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १३१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८५ हजार २३४ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ९६६ रहेको छ । जसमध्‍ये १ हजार ९०२ जना होम आइसोलेसनमा छन् भने ६४ जना संस्थागत आइसोलेसनमा र २० जना आईसीयूमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९९ हजार २१६ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ७५६ जना पुगेको छ ।

सम्बन्धित समाचार