नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिनेनेपाल बार एशोसिएसनले निर्णय गरेको छ । आइतबार बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बारका अध्यक्ष अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्दै जबरालाई भित्र पस्न नदिने बताएका छन् । ‘यसअघि झैं हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौं, जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न सकिंदैन ’ घिमिरेले भने । प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निष्क्रिय भएको भन्दै जबरा सर्वाेच्च अदालत फर्किन लागेका हुन् ।
जबरालाई अदातलत फर्किन नदिन भन्दै सरकारले सर्वोच्चको गेटमै प्रहरी परिचालन गरेको छ । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु जबरालाई रोक्न सर्वाेच्च गेटमै धर्ना बस्ने तयारीमा छन् ।