प्राध्यापक संघद्वारा सत्याग्रही डा. केसीको जीवन रक्षाको अपिल (विज्ञप्तिसहित)

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाशन गरी चिकित्सा शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको सुधारका लागि बीसौं पटक सत्याग्रहमा रहनुभएका डा. गोविन्द केसीको जीवन रक्षाको लागि सरकारको ध्यानाकर्षण गराएको छ । संघका सभापति प्राडा वसन्त ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘सत्याग्रही डा. केसीजस्ता सामाजिक अभियन्तामाथि वर्तमान लोकतान्त्रिक सरकारले गरेको बेवास्ता अकल्पनीय र अक्षम्य छ भन्ने हाम्रो ठहर छ’ भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका सेवा निवृत वरिष्ठ प्राध्यापक डा.गोविन्द केसीले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँचको माग गर्दै बीसौं सत्याग्रह सुरू गर्नुभएकोे सर्व विदितै छ । बीसौं सत्याग्रहसम्म आइपुग्दा त्रिभुवन विश्वविद्यालय र विभिन्न दलहरुको नेतृत्वमा बनेको नेपाल सरकारसँंग पटक पटक धेरै सम्झौताहरू भएको तर कार्यान्वयन नहुँदा यो बीसौं पटकको सत्याग्रह वहाँले सुुरू गर्नुभएको हाम्रो बुझाइ रहेको छ ।



यस बीसौं पटकको सत्याग्रहमा पनि वर्तमान सरकारले चासो नदेखाएको प्रति त्रिवि प्राध्यापक संघको ध्यानाकर्षण भएको छ । सत्याग्रही डा.गोविन्द केसीजस्ता सामाजिक अभियन्तामाथि वर्तमान लोकतान्त्रिक सरकारले गरेको बेवास्ता अकल्पनीय र अक्षम्य छ भन्ने हाम्रो ठहर छ । डा.केसीको जीवन रक्षाको जोडदार माग गर्दै वहाँले उठाएका मागहरू अविलम्व पूरा गर्न नेपाल सरकार समक्ष त्रिवि प्राध्यापक संघ आग्रह गर्दछ ।

विज्ञप्ति :

विज्ञप्ति

सम्बन्धित समाचार