नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् । मंगलबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
भट्टराईले राष्ट्रपतिले संसदबाट २/२ पटक पारित गरेको नेपाल नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेको टिप्पणी गरेका छन् । त्यस्तै उनले प्रधानन्यायाधीश महाभियोगमा पर्नु,,दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर रहेको भन्दै यसमा सबै जिम्मेवार बन्नुपर्ने ट्विटमा उल्लेख गरेका छन् ।
भट्टराई ट्विटरमा लेख्छन्, ‘इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ । राष्ट्रपतिले संसदबाट२/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु,,दलहरू आसेपासे पोस्न लाग्नु,बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्! सबै जिम्मेवार बनौं ।’
बाबुरामको ट्विट