नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले संयुक्त प्रदर्शन गरेका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको भन्दै बिहीबार बिहान विद्यार्थी संगठनहरूले संयुक्त प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन् ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को आलोचना भएको छ ।