नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।
नेकपा एमाले लगायतका दलसँग चुनावी तालमेलको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समिति बनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको हो ।
राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल रहेको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरुसँग सहकार्य गर्ने जनाएको छ । सत्ता गठबन्धसँग तालमेलको प्रयास सप्हन नभएपछि लोसापाले एमालेलगायत अन्य दलसँग सहकार्य गर्न लागेको छ ।
विज्ञप्ति