नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले दियो यस्तो आदेश

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रणाीकरणसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ । आज (आइतबार) सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो ।

फुँयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । रिट निवेदक सुनिलरञ्जन सिंहले फुँयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदेश जारी भएको जानकारी दिए ।



यसअघि शुक्रबार पेसी तोकिएपनि नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धि रिटको सुनुवाई आजको लागि सरेको थियो । शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा रिट परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालयविरुद्ध पाँच वटा दायर भएका छन् ।

अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दर्ता गर्दै राष्ट्रपतिको कदमविरुद्ध रिट दर्ता गराएका थिए । रिट निवेदनमा संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत रहेको भन्दै राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाइएको छ ।

 

 

 

सम्बन्धित समाचार