नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार २४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १०० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८६ हजार ३३५ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक हजार २२३ रहेको छ । जसमध्ये १ हजार १७४ जना होम आइसोलेसनमा छन् भने ४९ जना संस्थागत आइसोलेसनमा र ११ जना आईसीयूमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९९ हजार ५७५ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ९६९ जना पुगेको छ ।