राष्ट्रपति भण्डारीद्वारा यी २ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले २ विधेयक प्रमाणीकरण गरेकी छिन् । आइतबार राष्ट्रपति भण्डारीले २ विधेयक प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले मंगलबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

 

 

 

सम्बन्धित समाचार