डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, कति पुगे संक्रमित ?

नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ भने पछिल्लो २४ घण्टामा डेंगुका कारण १ हजार ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । मन्त्रालयको अनुसार डेंगु सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।



डेंगुबाट सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना लुम्बिनी प्रदेशमा २ हजार ८८९, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकी प्रदेशमा ५५६, मधेश प्रदेशमा ३८० र कर्णाली प्रदेशमा २३१ जना संक्रमित भएका छन् । एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा वि.सं. २०६१ मा पहिलोपटक देखापरेको थियो ।

 

सम्बन्धित समाचार