कोरोनाका कारण एक जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २ हजार ८१८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ३१ जना र १ हजार ५३४ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८६ हजार ५४७ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक हजार १२२ रहेको छ । जसमध्‍ये १ हजार ७० जना होम आइसोलेसनमा छन् भने ५२ जना संस्थागत आइसोलेसनमा र १२ जना आईसीयूमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९९ हजार ६८७ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार २ जना पुगेको छ ।

 

सम्बन्धित समाचार