नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असोज ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही सिटमा विचार मिल्ने अन्य पार्टीसँग गठबन्धन हुनसक्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दी उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले पार्टीले अहिलेसम्म आगामी निर्वाचनका लागि उम्मेदवारको अन्तिम छनोट नगरेकाले बाहिर आएको विभिन्न थरीका हल्लामा कुनै सत्यता नभएको प्रष्ट परे । उनले एमाले ढोडको लौरो टेक्ने पार्टी नभई आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएको दाबी गरे । उनले नेकपा एमाले म्याराथन दैडिने पार्टी हो भन्दै निर्वाचन लड्ने आँट एमाले मात्र गर्न सक्ने बताए ।
ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने भन्दै अध्यक्ष ओलीले एमालेको एजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । त्यस्तै ओलीले वर्तमान यो सरकारको काम दैनिक कामकाज सञ्चालन गर्नु र शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्नु मात्र भएको बताए ।