पौडेलले व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ भनेपछि…

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको बताएका छन् । विजया दशमीका अवसरमा भिडिओ सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र र संविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावमा जाने बताए । उनले भने ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ । पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो ।’ बताएका छन्।



पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका छन् । उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूति भइरहेको बताएका छन् ।मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन् । ‘मुलुकको हित र सामाजिक न्यायका लागि हामी डटिरहेका छौं। मुलुकलाई उन्नतिको मार्गमा लैजानका लागि हामीले गठबन्धन गरेका हौं।’

पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृतिहरूलाई निरुत्साहित पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षमता र नैतिक शक्तिको आवश्यकता हुने बताए।

‘प्रवुद्ध वर्गलाई अपिल गर्न चाहन्छु। अहिले नेपालको अवस्था के हो, मुलुकलाई कुन प्रवृत्तिले पछाडि धकेल्ने खोजेको छन्, यी कुरा ध्यानमा राखेर व्यवस्थालाई कायम राखेर अगाडि बढ्नुको विकल्प छैन । जनताले अधिकार पाएको संविधानको रक्षा गर्नु नै आजको विकल्प हो’ उनले सन्देशमा भनेका छन् ।

 

सम्बन्धित समाचार