नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।
वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । उनको ५९ वर्षको उमेरमा निधन भएको हो ।
मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीबार राति काठमाडौँमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । रेडियो नेपालबाट गायन शुरू गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् ।
पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन् ।