एमालेले दिएन भीम रावल र घनश्याम भूसाललाई टिकट

नेकपा एमालेका नेता भीम रावल र पूर्व उपमहासचिव घनश्याम भूसालले टिकट नपाउने भएका छन् । एमाले नेता रावलको क्षेत्र अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।

झपट नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए । उनी एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज हुन् । पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलको स्थानमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको जानकारी दिए । त्यस्तै एमालेले अछाम २ मा यज्ञ बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।



त्यसैगरी एमालेले एमालेका पूर्व उपमहासचिव घनश्याम भूसाल लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम छैन । भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।

सम्बन्धित समाचार