एमाले र जसपाबीच सहमति, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच तालमेल हुने भएको छ । शनिबार एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लागेको हो ।

एमाले र जसपाबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । जसमा एमालेले ३५ सिट र जसपाले १७ सिट पाउने गरी सहमति भएको छ । एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको जानकारी दिएका छन् । जसपाले गठबन्धन छोडेर एमालेसँग तालमेल गरेको हो ।



सप्तरीको १, २ र ४, सिरहाको २ र ४, धनुषाको १, मोहतरीको ३ र ४, सर्लाहीको १ र ४ रौतहटको २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ निर्वाचन क्षेत्रमा एमालेको समर्थनमा जसपाले उम्मेदवारी दिने भएको छ ।

त्यस्तै प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ । यस्तै, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको पाँच वटै निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा पनि जसपाको समर्थनमा उम्मेदवारी दिने भएको छ ।

यसैगरी सप्तरी–३, सिरहा क्षेत्र नम्बर १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३मा जसपको समर्थनमा एमालेले उम्मेदवारी दिने भएको छ । तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यस्तै, प्रदेशसभातर्फ ४२ सिटमा एमालेले जसपालाई सघाउने भएको छ भने ७० वटा सिटमा एमालेलाई जसपाले सघाउने भएको छ ।

सूची –

सूची -

सूची -

 

सम्बन्धित समाचार