नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असोज ।
नाबालिकामाथि बलात्कारको अभियोगमा पक्राउ परेको नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिएको छ । बीचमा दशैं बिदा परेकोले उनलाई सोमबार बिहान मात्र जिल्ला अदालत काठमाडौँ लगिएको हो ।
एक किशोरीले आफूलाई लामिछानेले बलात्कार गरेको अभियोग लगाई प्रहरीमा जाहेरी दिएकी थिइन् । विजयादशकीकोे भोलिपल्ट लामिछाने नेपाल आएका थिए र उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।