नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कार्तिक ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १ हजार ७८३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८१९ जनाको पीसीआर परीक्षण गर्दा ४२ जना र ९६४ एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८७ हजार ५२९ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७२८ रहेको छ । जसमध्ये ६९८ जना होम आइसोलेसनमा छन् भने ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख २७५ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार १२४ जना पुगेको छ ।