नेपालमा पनि भेटियो कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ (विज्ञप्तिसहित)

नेपालमा कोरोना भाइरसको नयाँ सबभेरियन्ट ‘एक्सबीबी’ पनि भेटिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा पनि कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘एक्सबीबी’ भेटिएको जानकारी दिएको हो ।

साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको मन्त्रालयले जनाएको छ ।



भारतसहित विश्वका २६ देशमा पुगिसकेको यो भेरियन्टलाई उच्च संक्रामक भनिएको छ । दिपावली, छठजस्ता पर्वमा संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । जाडोयाममा यो भेरियन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आंकलन गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार