अष्ट्रेलियाको पहिलो जित

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को समूह ‘एक’को खेलमा आयोजक राष्ट्र अष्ट्रेलिया विजयी भएको छ । मंगलबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । सुपर १२ मा अष्ट्रेलियाको यो पहिलो जित हो ।

अष्ट्रेलियाको पहिलो जित



अष्ट्रेलियाको पर्थमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । श्रीलंकाका लागि पथुम निशंकाले ४० रन बनाए भने चरिथा असलंका ३८ रनमा अविजित रहे । त्यस्तै धनन्जय डि सिल्भा २६ रन बनाई आउट भए भने चमिका करुणारत्ने १४ रनमा अविजित रहे । अष्ट्रेलियाका लागि प्याट कमिन्स ,जोस हेजलउड, मिचेल स्टार्क, एस्टन अगर र ग्लेन म्याक्सवेलले समान १-१ विकेट लिए ।

अष्ट्रेलियाको पहिलो जित

१५८ रनको लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले १६ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया लागि मार्कस स्टोईनिस अविजित रहँदै ५९ रनको अर्धशतकीय पारी खेले कप्तान आरोन फिन्चले ३१ रनमा अविजित रहे । यस्तै ग्लेन म्याक्सवेल २३ रन बनाई आउट भए भने मिचेल मार्शले १८ र डेभिड वार्नरले ११ रन जोडे । श्रीलंकाका लागि धनन्जय डि सिल्भा, महेश तिक्षणा र चमिका करुणारत्नेले समान १-१ विकेट लिए । अष्ट्रेलिया २ खेलमा १ जित र १ हार सहित २ अंक जोड्दै समूह ‘एक’को चौथो स्थानमा छ भने समान खेलमा १ जित र १ हार सहित २ अंक जोडेको श्रीलंका तेस्रो स्थानमा रहेको छ ।

अष्ट्रेलियाको पहिलो जित

अष्ट्रेलियाको पहिलो जित

सम्बन्धित समाचार