सुनको मूल्य घट्यो, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले र चाँदीको मूल्य भने रु ११० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार