कालिकोट बम विष्फोट : २ बालिकाको मृत्यु, ३ जना घाइते (अपडेट)

कालिकोटमा बम विष्फोट परी मृत्यु हुनेको संख्या २ पुगेको छ भने ३ जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान करिब ८ बजे कालिकोट तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट भएको हो ।

बम विष्फोटमा परी घटनास्थलमा स्थानीय ४ वर्षीय झरना थापाको र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । त्यस्तै घटनामा परी घाइते हुनेहरुमा साेही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, र ३ वर्षीय पखना थापा रहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।



पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लागिएको शर्माले बताए । घटनास्थलमा स-साना फलामका टुक्रा भेटिएकाले सकेट बम हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा आशंका गरिएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुस :

कालिकोटमा बम विष्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते

 

सम्बन्धित समाचार