नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कार्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको को लागि नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (सोमबार)पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव डा.बेदुराम भुसाललगायतका नेताले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने देखि वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि जोड दिइएको छ । त्यस्तै पार्टीले विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
यस्तै घोषणापत्रमा ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम नगरेको जनाएको छ । त्यसैगरी पार्टीले आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसक्नुको एउटा प्रमुख कारण भ्रष्टाचार भएको ठहर गरेको छ । घोषणापत्रमा ‘सिँचाइमा लगानी: कृषियोग्य जमिनमा पानी’को नारा दिँदै पूर्वदेखि पश्चिमसम्मका नदी जोड्ने महत्त्वाकांक्षी योजना राखेको छ । ‘नेपालको पानी, नेपालमै’ भन्ने अवधारणा अघि सार्दै उसले सबै नदी एकअर्कासँग जोडेर पूर्व पश्चिम मेगा नहर राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तो छ नेकपा (एकीकृत समाजवादी)को चुनावी घोषणापत्र :