नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।
विप्लव नेतृत्वको नेकपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग नलिने निर्णय गर्दै चुनाव विरोधी कार्यक्रम गर्ने निर्णय गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपाले यस्तो निर्णय गरेको हो ।
यसअघि मंसिर ४ गते बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले संघ र प्रदेशको निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको थियो । पार्टीले चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस, सभाहरूर प्रचार अभियान चलाउने निर्णय गरेको छ ।
त्यस्तै नेकपा ले आफ्ना नेता तथा कार्यकर्ताको नामको पछाडि सी लेख्ने निर्णय गरेको छ । पार्टीको नवौं महाधिवेशनले पार्टीका सबै नेता कार्यकर्ताहरूको नामको पछि सी लेख्ने निर्णय गरेको हो । यस्तै नेकपाले जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ ।