टी-२० क्रिकेटमा इंग्ल्यान्ड विजयी

अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्ड विजयी भएको छ । मंगलबार भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई २० रनले पराजित गरेको हो ।

अष्ट्रेलियाको ब्रिसबेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । इंग्ल्यान्डका लागि कप्तान जोस बट्लरले ७३ रनको अर्धशतकीय पारी खेले भने एलेक्स हलेसले पनि ५२ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै लियाम लिभिङस्टोनले २० रन जोडे । न्युजिल्याण्डका लक्की फर्गुसनले २ विकेट लिए भने टिम साउथी, मिचेल स्टानर र इश सोधीको भागमा समान १-१ विकेट रह्यो ।



१ ८० रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान केन विलियम्सनले ४० रन बनाए भने फिन एलनले १६ रन जोड्दा मिचेल स्टानर १६ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि साम करन र क्रिस वोक्सले समान २-२ विकेट लिए भने मार्क उड र बेन स्टोक्सको भागमा समान १-१ विकेट रह्यो । जितसँगै समूह १ को इंग्ल्यान्ड ४ खेलमा ५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ५ अंक जोडेको न्युजिल्याण्ड रन रेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार