मन्त्री पौडेलले १५ हजार मतान्तरले चुनाव जित्छु भनेपछि…

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । मंगलबार बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले प्रतिगामीहरुले मुलुकलाई अँध्यारो सुरुङभित्र हाल्दै लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप समेत लगाए । मन्त्री पौडेलले अहिलेको लडाई प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताए ।



उनले भने ‘पाँच दल एकै ठाउँमा नआएको भए प्रतिगामीहरुले मुलुकलाई अँध्यारो सुरुङभित्र हालिसक्थे ।’ बागलुङ क्षेत्र नम्बर २ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेका मन्त्री पौडेलले पाँचदलीय गठबन्धन चुनावका लागि मात्र नभइ लोकतन्त्र र संविधान रक्षाका लागि बनेको बताए । अघिल्लो कार्यकालमा सुरु गरेका योजना पूरा गर्न र यस क्षेत्रको मुहार फेर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिनुपरेको मन्त्री पौडेलले जिकिर गरे ।

सम्बन्धित समाचार