भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गरेका छन् । आज (बुधबार) एक ट्विट गर्दै देउवाले भूकम्पमा परी मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री देउवाले डोटी भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् । यसका साथै देउवाले प्रभावित क्षेत्रका घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई पनि निर्देशन दिएका छन् । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।



प्रम देउवाले ट्विटरमा लेखेका छन्, ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु । साथै प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

यो पनि पढ्नुस :

सुदूरपश्चिममा भूकम्प, ६ जनाको मृत्यु

सम्बन्धित समाचार