नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त ? भनि प्रश्न गरेका छन् । बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
उनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए देश नबन्ने टिप्पणी गरेका छन् । ‘शेरबहादुर देउवा आज पाँचौपटक यो देशको प्रधानमन्त्री हुनुहुन्छ । ७९ वर्षको उमेरमा हुनुहुन्छ । के उहाँलाई छैठौचोटी ८० वर्षको उमेरमा प्रधानमन्त्री बन्ने मौका दिँदा चाहिँ देश बन्छ होला त ?’ लिङदेनले भने ।
त्यस्तै अध्यक्ष लिङदेनले मत माग्दै देश बनाउने मौका एकचोटी राप्रपालाई दिन आग्रह गरे । उनले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुले पनि छातीमा हात राखेर तीनै पार्टीका नेताहरुलाई कति पटक भोट दिँदा देश बन्छ होला ? भनेर प्रश्न गरे ।