उपाधिको लागि नेपाल र बंगलादेश भिड्दै

बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश भिड्दै छन् । आज (शुक्रबार) नेपालले घरेलु टोली बंगलादेशसँग खेल्न लागेको हो ।

ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । नेपाल आज बंगलादेशलाई पराजित उपाधि जित्ने योजनाका साथ मैदान उत्रदैछ भने घरेलु टोली बंगलादेश पनि नेपाललाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्य सहित मैदान उत्रदैछ । यद्यपि नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्न त्यति सहज भने हुने छैन ।



डबल राउण्ड रोबिन लिग अन्तर्गतको आजको खेल फाइनल सरह हुनेछ । यस खेलमा जित निकाल्ने टोलीले उपाधि जित्नेछ । नेपाल ३ खेलमा ३ जित निकाल्दै ९ अंक जोड्दै शीर्ष स्थानमा छ भने ३ खेलमा ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रहेको छ । उपाधि जित्न नेपाललाई बंगलादेशविरुद्ध बराबरी पर्याप्त छ भने बंगलादेशलाई भने उपाधि जित्न नेपाललाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने छ ।

यसअघिको भेटमा नेपालले बंगलादेशलाई १-० ले पराजित गरेको थियो भने नेपालले पहिलो भेटमा भुटानलाई ७-० ले र दोस्रो भेटमा १-० को जित निकालेको थियो । त्यस्तै बंगलादेशले पहिलो भेटमा भुटानलाई ८-० र दोस्रो भेटमा ९-० को फराकिलो अन्तरले हराएको थियो ।

सम्बन्धित समाचार