नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ कार्तिक ।
नेपाल र युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईले नेपाललाई जितको लागि २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो ।
युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय पारी खेले भने मुहमद वासिमले ४४ रन बनाए । त्यस्तै भ्रित्य अरभिन्दले ४० रन बनाई आउट भए भने अलिशन शाराफुले २९ रन जोड्दा भने अहमेद राजा २७ रनमा अविजित रहे । नेपालका लागि गुलशन झाले २ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।
नेपाल आज युएईविरुद्ध विजयी सुरुवातको लक्ष्यमा रहेको छ भने युएई पनि नेपाललाई उसकै घरेलु मैदान हराउने योजनामा रहेको छ । त्यस्तै नेपालबाट विकेट किपर ब्याट्सम्यान अर्जुन साउद र हरिशंकर साहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
हेड टु हेडमा अहिसेसम्म यी दुई टिमबिच कुल ६ खेल हुँदा युएईले ६ खेलमा जित निकाल्दा नेपालले २ खेलमा जित हासिल गरेको छ । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ । आज पहिलो खेल खेलेको नेपालले नेदोस्रो एकदिवसीय कार्तिक ३० मा र तेस्रो एकदिवसीय मंसिर २ मा खेल्नेछ । अर्जुनले टी-२० अन्तर्राष्ट्रियमा भने यसअघि नै डेब्यु गरेका थिए भने हरिशंकरको भने यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।