यसरी मागे प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई भोट

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री देउवाले  एक भिडियोमार्फत शुभकाना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले भने ‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्वहो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुककले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ ।’ त्यस्तै उनले मतदाताहरुलाई मंसिर ४ गतेको मतदानमा सहभागि भएर लोकतन्त्रको उत्सव मनाउन आग्रह गरेका छन् ।



देउवाले प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताए । देउवाले कांग्रेस मुलुकमा भएका हरेक सामाजिक, सांस्कृतिक आन्दोलनको नेतृत्व गरेको पार्टी रहेको स्मरण गराएका छन् ।

‘अब मुलुकलाई आर्थिक समृद्धितिर अगाडि बढाउने दायित्व पनि कांग्रेसको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी भइ गठबन्धनको पक्षमा मत दिन अनुरोध छ ’ उनले भनेका छन् ।

 

सम्बन्धित समाचार