नवकान्तिपुर संवाददाता
काठमाडौं, २ मंसिर ।
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल विजयी भएको छ । बिहीबार राती भएको खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० ले पराजित गरेको हो ।
फिफा विश्वकप अघि भएको खेलमा खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा ब्रुनोले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा पोर्चुगलले थापा दुई गोल गर्यो ।
खेलको ८२ औं मिनेटमा गोन्कालो रामोसको गोल मार्फत पोर्चुगल ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८४ औं मिनेटमा जोआ मारियोले गोल गर्दै पोर्चुगललाई ४-० को फराकिलो जित दिलाए ।
आगामी नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपको तयारीको लागि विभिन्न टोलीले मैत्रीपूर्ण खेल खेलिरहेका छन् । विश्वकपमा पोर्चुगल समूह ‘एच’ मा रहेको छ । उक्त समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया रहेको छ ।