नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।
नेकपा एमालेका उम्मेदवारले ललितपुरको तीन वटै क्षेत्रमा अग्रता बनाएका छन् । यो समाचार तयार पर्दा सम्म क्षेत्र नम्बर १ एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार कांग्रेसका उदय शमशेर राणाले ४०२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९३ मत पाएका छन् । त्यस क्षेत्रम हालसम्म १२८८ मत गनिएको छ ।
त्यस्तै ललितपुर क्षेत्र नम्बर २ मा पनि एमालेकै अग्रता कायमै रहेको छ ।एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले १४७७ मत पाएका छन् ।
यसैगरी क्षेत्र नम्बर ३ मा पनि नेकपा एमालेका अमृत खड्काले अग्रता बनाएका छन् । १३०० मत गन्दा खड्काले ५१६ मत पाएका छन् भने उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की रहेकी छन् । कार्कीले ४९८ मत पाएकी छन् भने माओवादी केन्द्रकी पम्फा भुसाल २९८ मत पाएकी छन् ।