काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता

नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं १ मा अग्रता लिएका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६ मत पाएका हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले २८९ मत ल्याई दोस्रो स्थानमा रहँदा र नेकपा एमालेका किरण पौडेलले १८६ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।



यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा रहेका छन् ।

सम्बन्धित समाचार