नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।
झापा क्षेत्र नम्बर ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले झिनो मतले अग्रता लिएका छन् । ताजा मतपरिणाम अनुसार राप्रपा अध्यक्ष लिङ्देनले २२७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् ।
हालसम्म उक्त क्षेत्रम लगभग ५ सय मत गणना भएको छ । लिङ्देन र सिटौला बीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको हो ।
लिङ्देन सिटौला भन्दा १४ मतले अघि छन् ।