नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।
काठमाडौं क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतका साथ अग्रता लिएका हुन् ।
हाल सम्म ३ हजार ५९४ मत गणना गर्दा केसी पहिलो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतका ल्याउँदै दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै एमाले उम्मेदवार हिमेस केसीले ६७२ मत पाएका छन् भने नेकपा माओवादी उम्मेदवार अन्जना विसङ्खेले ४८५ प्राप्त गरेकी छिन् ।