नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।
नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं-१ मा अग्रता कायमै राखेका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार सिंहले १ हजार ११८ मत पाएका हुन् ।
त्यस्तै एमालेका पौडेलले १ हजार १९ मत ल्याई दोस्रो स्थानमा रहँदा यसअघि दोस्रोमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ८९६ मत ल्याई तेस्रो स्थानमा झरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २५७ मतका साथ चौथो स्थानमा छन् ।