नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर
काठमाडौं– ४ मा गगन थापा जित नजिक पुगेका छन् । काठमाडौं– ४ मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा जित नजिक पुगेका हुन् ।
नेकपा एमालेका राजन भट्टराईलाई भारी मतान्तरले पछि पार्दै उनी जित तर्फ अग्रसर भएका हुन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा १२० हजार ४१७ मतसहित अगाडि छन् । त्यस्तै थापाका प्रमुख प्रतिस्पर्धी एमालेका राजन भट्टराई १३ हजार ३२ मतसहित पछ्याउँदै छन् ।
यस्तै राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले ३ हजार ६९३ मत ल्याएका छन् भने स्वतन्त्रबाट लौरो चुनाव चिह्न पाएका अर्चनशम्शेर राणाले १ हजार १३३ मत पाएका छन् । अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । खसेको मत ४८ हजार ८५९ मत हो । अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ ।
त्यसैले अबको गणनामा कुनै मत नआए पनि गगन विजयी हुनेछन् । काठमाडौं–४ गगनले निरन्तर चुनाव जित्दै आएको क्षेत्र हो । यस अघिको चुनावमा पनि उनले एमालेका भट्टराईलाई नै हराएर विजयी भएका थिए ।