नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निर्वाचित भएका छन् । राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पछि पार्दै नेपाली कांग्रेसका नेता सिंह निर्वाचित भएका हुन् ।
सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४ को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।