नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाएका छन् । सत्ता गठबन्धनका तर्फका उम्मेदवार झापा–१ मा शर्माले १२ हजार ७ सय मत ल्याएर अग्रता कायम राखेका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले ७ हजार ७ सय ८८ मतप्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर ४ हजार ९ सय १ रहेको छ । शर्माले सुरुदेखि नै अग्रता कायम राखेका हुन् ।
यस क्षेत्रमा हालसम्म २४ हजार ८ सय १४ मत गणना भएको छ ।