काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा विजयी, यस्तो छ मतपरिणाम

काठमाडौं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार राजनकुमार भट्टराईले फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन् ।



२०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । योसँगै काठमाडौँ ४ मा थापाले ह्याट्रिक जित निकालेका छन् । त्यस्तै राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत ल्याउँदा स्वतन्त्र अर्जुन कुमार प्रसाईले २ हजार ३०८ मत पाएका थिए ।

सम्बन्धित समाचार