राप्रपाले खोल्यो खाता, काठमाडौं २ को प्रदेश ‘क’मा केसी विजयी

काठमाठौं क्षेत्र नं. २ प्रदेश ‘क’मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनील केसी विजयी भएका छन् । योसँगै प्रदेशसभामा राप्रपाले खाता खोलेको हो ।

केसी ६ हजार ५९८ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् ।



केसीले श्रेष्ठलाई १ हजार ५१९ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

सम्बन्धित समाचार