नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
काठमाडौं क्षेत्र नम्बर ३ को (क) मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी भएका छन् । लामाले ४ हजार ५ ५८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले ३ हजार ४१५ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौं महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले २ हजार ९३३ मत पाए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुण्डी लामाले २ हजार २७६ मत पाएका छन् ।