नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका हुन् ।
त्यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मत पाइन् ।