नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) काठमाडौं क्षेत्र नम्बर १० मा विजयी भएका छन् । केसी १४ हजार ४५८ मतसहित विजयी भएका हुन् ।
केसीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरिन् ।
केसी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।