नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
गुल्मी -२ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पराजित गर्दै विजयी भएका हुन् ।
विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन् । विष्टले झाँक्रीलाई २ हजार मतान्तरले पराजित गरेका हुन् ।
नेकपा एमालेका हुँदा एउटै संगठनमा लामो समय काम गरेका सहकर्मीबीचको चुनावी भिडन्तलाई चासोका साथ हेरिएको थियो ।